सुदूरपश्चिम स्पोर्टस् स्पेसल अवार्ड राजेन्द्र र आनन्दलाई – Nepal Press

सुदूरपश्चिम स्पोर्टस् स्पेसल अवार्ड राजेन्द्र र आनन्दलाई

कैलाली । चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको स्पेसल अवार्ड प्रशिक्षक राजेन्द चन्दले पाएका छन् ।

उनी कुस्तीका प्रशिक्षक हुन् । उनले लामो समय देखी कञ्चनपुरको कवार्डहलमा कुस्ती प्रशिक्षण गराइरहेका छन् । उनले प्रशिक्षण गराएका खेलाडीहरूले थुप्रै पदक जितिसकेका छन् ।

सौभाग्य हस्पिटल स्पेसल अवार्ड बुझ्न चन्दकी श्रीमती पुष्पा चन्द पुगेकी थिइन् ।

त्यस्तै कुस्ती खेलाडी आनन्द कामीलाई पनि स्पेसल अवार्ड दिइएको हो । उनले गण्डकीमा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । विपन्न परिवारमा जन्मिएर पनि स्वर्ण पदक जितेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलाली उनलाई स्पेसल अवार्ड प्रदान गरेको हो ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *