यी व्यवसायले पाउँदै छन् बैंकबाट ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण – Nepal Press

यी व्यवसायले पाउँदै छन् बैंकबाट ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण

काठमाडौं । केही व्यवसायीले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पुनर्तालिकीकरण सुविधा दिएको थियो । आज राष्ट्रि बैंकले थप प्रस्ट्याइएको छ ।

‘मौद्रिक नीति (२०७९/८०) को तेस्रो त्रैमासिक समीक्षाबमोजिम जेठ ३ मा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको निर्देशनमा निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी विभिन्न शर्तको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण तथा पुनरसंरचना गर्न सकिने व्यवस्था भएको व्यहोरा विदितै छ’, सूचनामा उल्लेख छ ।

सिमेन्ट, डन्डी, इँटा, ब्लक, पाइप्स एण्ड फिटिङ्सलगायतका उद्योगले सो सुविधा लिन पाउने छन् ।

१० प्रतिशत व्याज भुक्तानीपछि ऋण पुनर्संरचना गर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर