मतदान अघिसम्म संसद भवनमै रहेका ममता र नारायण कसरी भए गयल ? – Nepal Press

मतदान अघिसम्म संसद भवनमै रहेका ममता र नारायण कसरी भए गयल ?

विराटनगर । मत विभाजन हुनुभन्दा अगाडि कोशी प्रदेश सभा भवनमै रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ममता तामाङ र माओवादी केन्द्रका नारायण बुर्जा मगरले विश्वासको मत लिने प्रक्रियामामा भने सहभागिता जनाएनन् ।

दुवैजना मत विभाजनको प्रक्रियामा जानुभन्दा अगाडि प्रदेश सभा भित्रै थिए । मत विभाजनको प्रक्रिया सुरु भएपछि उनीहरु प्रदेश सभाबाट बाहिरीएको दुवैले स्वीकार गरेका छन् ।

उनीहरु दुवैले बिरामी भएर मत विभाजनको प्रक्रियामा सहभागी नभएको दाबी गरे । नेपाल प्रेससँग कुरा गर्दै माओवादीबाट सांसद बनेका बुर्जा मगरले प्रेसर बढेर डाक्टरलाई देखाउन गएको बताए । उनले भने, ‘अरु कुनै कारण थिएन प्रेसर बढेपछि मत विभाजनको प्रक्रियामा सहभागी हुन सकिनँ ।’

समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी सुनसरीकी ममता तामाङले आफूलाई ज्वरो आएर मतदान प्रक्रियामा सहभागी नभएको बताइन् ।

उनले भनिन्, ‘मलाइ टन्सीलको समस्या छ । टन्सील बढेर ज्वरो आएपछि मतदान प्रक्रियामा सहभागि हुन सकिनँ ।’

कोशी प्रदेश सभामा मुख्यमन्त्री हिक्मत कार्कीले पेश गरेको विश्वसको मत लिने प्रस्तावको आज प्रदेश सभामा मतदान भएको थियो । मतदानमा विश्वासको पक्षमा ४६ मत खसेको थियो । विपक्षमा भने ४३ मत मात्रै खसेको थियो ।

प्रदेश सभामा एक सिट रहेको जनता समाजवादी प्रदेश कमिटिले नै निर्णय गरेर तटस्थ बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा जसपाकी सांसद निर्माला लिम्वू उपश्थिती भएकी थिइनन् ।

संसदमा उपस्थिति भएर पनि मत नहालेका प्रदेश सभा सदस्य ममता र नारायण बुर्जालाई भने संसदीय दलका नेताहरुले मतदान प्रक्रियामा सहभागि नहुन भनेको श्रोतले बताएको छ । यस बिषयको जिज्ञासामा ममताले भनिन्, त्यस्तो केहि होइन । दलका नेताले नै बाहिर पठाएको हल्ला चलाइएछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर