चिकित्सा शिक्षा संघर्ष समितिले बुझायो १५ बुँदे ज्ञापन पत्र, ७ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने – Nepal Press

चिकित्सा शिक्षा संघर्ष समितिले बुझायो १५ बुँदे ज्ञापन पत्र, ७ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले चिकित्सा शिक्षा आयोगलाई ७ दिने अल्टिमेटम दिँदै १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

समितिले चार वर्ष निरन्तर राज्यका सबै अंगका ढोका चहारी रहँदा आश्वासन मात्र प्राप्त भएकोले बाध्यतावश संगठित भई १५ बुँदे ज्ञापन पत्र पेश गरेको जनाएकाे छ ।

समितिले स्तरोन्नतिको प्रतीक्षामा सास्ती भोगिरहेका शिक्षण संस्थाहरुको प्रक्रिया तुरुन्त सम्पन्न गर्न, स्वास्थ्य क्षेत्रका पेसाकर्मीहरुको रोजगारीको सुनिश्चितता गर्न माग गरेको छ ।

त्यस्तै, सरकारको खुला अर्थनीति तथा निजी सरकारी साझोदारीको नीति विपरीत हुनेगरी निजी शिक्षण संस्था र सामुदायिक वा राज्यबाट लगानी गरिएका शिक्षण संस्थाहरुमा ऐनको विभेदकारी प्रयोग बन्द गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, केन्द्रीकृत प्रवेश परीक्षालाई कम्तीमा ७ प्रदेशमा विकेन्द्रीकरण गर्नुपर्ने समितिको ज्ञापन पत्रमा उल्लेख छ भने निजी शिक्षण संस्थाहरुको बिना कारण हटाइएको सिट संख्या यथावत राख्न पनि आवाज उठाएको छ ।

आफ्ना मागहरु ७ दिनभित्र पूरा नभए चरणवद्ध संघर्षका कार्यक्रमहरुका साथ अघि बढ्ने समितिले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *