सभामुखसँग समय मागेर जाँदा भागेको भनी हल्ला फिँजाइयो : मुख्यमन्त्री कार्की – Nepal Press

सभामुखसँग समय मागेर जाँदा भागेको भनी हल्ला फिँजाइयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका विषयमा जवाफ दिन सुरू गरेका छन् ।

कार्कीले जवाफका क्रममा नेकपा एमाले संविधानको सर्वोच्चताको विषयमा स्पष्ट भएको बताए । उनले संविधानको सर्वोच्चताको विषयमा शंका उपशंका नगर्न आग्रह गरे । नेकपा एमालेले संसारका कुनै पनि कम्युनिष्टहरूले स्वीकार नगरेको संविधानको सर्वोच्चता २०४६ सालमै एमालेले स्वीकार गरेको बताए ।

उनले भने, ‘एमालेले बहुदलीय जनवाद मानेको छ, म एमालेको कायकर्ता भएकाले सदनबाट भाग्दिन ।’

उनले आफू संविधान र प्रदेशसभा नियमावली अनुसार नै कोशी प्रदेशसभाका सभामुखसँग समय माग गरेको भएपनि अतिरञ्जित बनाउँदै मुख्यमन्त्री भागेको भन्ने बजार हल्ला फिजाँइएको बताए ।

बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर