बजेटमा विभेद गरेको गुनासोसहित धनगढीमा अपाङ्गता भएकाहरू रिले अनसनमा – Nepal Press

बजेटमा विभेद गरेको गुनासोसहित धनगढीमा अपाङ्गता भएकाहरू रिले अनसनमा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेटमा विभेद गरेको भन्दै अपाङ्गता भएका नागरिक धनगढी उपमहानगरपालिकामा ४ दिनदेखि रिले अनसन बसिरहेका छन् ।

प्रदेशस्तरीय अपाङ्गता अधिकार प्रवर्द्धन संघर्ष समितिको आव्हानमा उनीहरूले अनसन थालेका हुन् । यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएपछि बाध्य भएर रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक भीमबहादुर शाहले बताए ।

नीति तथा कार्यक्रम र बजेट आउनुअघि धेरै पटक ज्ञापन पत्र बुझाएको तर सरकारले चासो नदिएको उनको गुनासो छ ।

सरकारले लक्षित वर्गको लागि बजेट विनियोजन गरेपनि अपाङ्गता भएकालाई विभेद गरेको भन्दै उनीहरुले ५ गते पत्रकार सम्मेलन गरेका थिए । अनसनको ४ दिनसम्म सरकारले माग सम्बोधनमा केही पहल नगरेको शाहले बताए ।

हिजो तेस्रो दिन एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता सन्तोष शर्मा थापा, एमालेकै सांसद धर्म पाठक र राप्रपा सांसद खेमा विष्ट पुगेका थिए । उनीहरूले आन्दोलनमा एकेवद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर