मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि ल्याइँदै – Nepal Press

मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि ल्याइँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि नेपाल ल्याइने भएको छ ।

परियारको शव भोलि दिउँसो १ बजे नेपाल आइपुग्ने मलेसियास्थित नेपाली राजदूत डिल्ली पौडेलले जानकारी दिएका छन् ।

उनको शव नेपाल ल्याउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजदूतसँग समन्वय गरेका थिए ।

शव ल्याउन लाग्ने कफिन खर्च पनि मलेसियास्थित दूतावासले जिम्मा लिएको राजदूत पौडेलले बताए ।

परियारको शव शुक्रबार मलेसियन एअरलाइन्स एमएच ११४ मार्फत नेपाल ल्याइने छ ।

परियारले आफ्नो छातीमा सभापति लामिछानेको ट्याटू बनाएका थिए । उनको यो विषयलाई रविले परियारको निधनप्रति दुःख व्यक्त गर्दै शव ल्याउन समन्वय गरिरहेको जनाएका थिए । त्यस्तै, परियारले आफूप्रति देखाएको माया र सद्भावको सम्मान गर्दै उनको ११ वर्षको छोरीले अनुभूति गर्न सक्नेगरी देशको सेवा गर्ने प्रतिवद्धता जनाउँदै पोस्ट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *