दुई अर्ब लगानीमा खुलेकाे प्राइम सेरामिक्स टायल बजारमा, आयातितभन्दा २० प्रतिशत सस्तो पर्ने (भिडिओ) – Nepal Press

दुई अर्ब लगानीमा खुलेकाे प्राइम सेरामिक्स टायल बजारमा, आयातितभन्दा २० प्रतिशत सस्तो पर्ने (भिडिओ)

काठमाडौं । प्राइम सेरामिक्स् प्रालीले बिहिबारदेखि आफ्नो उत्पादन प्राइम(टाइल्स् विथ स्टाइललाई बिक्री–वितरण ल्याएको छ । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो ।

कम्पनीले रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधिद्वारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ । विश्वमा सेरामिक प्रविधीमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी SACMI को सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादनले अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्न दावीसमेत गरिएको छ ।

नेपालमा हाल वार्षिक १५ अर्ब रुपैँया बराबरको टायल आयात हुन्छ । चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको सन्दर्भमा यस उद्योगले देशको कुल खपतको लगभग एक–चौथाईं माग पूरा गर्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपभोक्ताले टायल खरिद गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले एकै छानामुनी घरायसी, ब्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगको लागि हाल अधिकतम २X४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईमा लाग्ने टायल उत्पादन गर्नेछ ।

बिगत दुई दशकदेखि नेपालमा टायल ब्यापारको अनुभव बोकेको सीएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्वारा प्रबद्र्धित प्राइम सेरामिक्स् प्रालीको कुल लगानी दुई अर्ब रुपैयाँ रहेको छ । दैनिक डेढ लाख बर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।


प्रतिक्रिया

2 thoughts on “दुई अर्ब लगानीमा खुलेकाे प्राइम सेरामिक्स टायल बजारमा, आयातितभन्दा २० प्रतिशत सस्तो पर्ने (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर