आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनित चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ मा सार्वजनिक हुने – Nepal Press

आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनित चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ मा सार्वजनिक हुने

काठमाडौं । चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। मिलन आले निर्देशित चलचित्रको बिहीबार फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

चलचित्रलाई सुशील पंगेनीले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंमले लेखेका हुन्। बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा आकाश श्रेष्ठ,रेखा शाह, सलोन बस्नेत, सानिया खान लगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर