आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया- संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन – Nepal Press

आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया- संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । तर, एमाले संवादको लागि तयार रहेको उनको भनाइ छ ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका थिए ।

कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केहि व्यक्तिले कालो झण्डा देखाएपनि जिविस हलमा सानदार रुपले कार्यक्रम सम्पन्न भएको बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो । एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो ।’

आज कालो झन्डा देखाउनेहरुको अधिकारका लागि आफूसहित लाखौंले लडेर ल्याएको उनको भनाइ छ । विरोध गर्ने अधिकारको अभ्यास लोकतन्त्रको संघर्षमा आफूहरुले बिताएको समयले सार्थकता पाएको अनुभुति भएको बताए ।

उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु लज्जाको बिषय भएको समेत बताए ।


प्रतिक्रिया

One thought on “आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया- संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन

  1. पहिचानवादी नै होईनन । विदेशीका गुलाम गुण्डाहरू हुन् । मोदीका एजेण्ट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर