भित्तामा नाक ठोकिएको बेलामा हामीमाथि हमला भए : ओली – Nepal Press

भित्तामा नाक ठोकिएको बेलामा हामीमाथि हमला भए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा बनाउँदा भित्तामा नाक ठोक्किएजस्तो भएर फेरि एमालेमै फर्किनुपरेको बताएका छन् ।

मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा (एमाले) हुँदै नेकपा बनाइएको बताए ।

उनले भने, ‘भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ। नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’

उनले विचारबिनाको शक्तिहरको लहर चलेको बताए ।

उनले भने, ‘अहिले एउटा लहर चलेको छ । विचारसिचार नचाहिने, तर विचार लिएर हामी आयौ भन्ने । योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान। योगदानको के मतलब छ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ?’

 


प्रतिक्रिया

One thought on “भित्तामा नाक ठोकिएको बेलामा हामीमाथि हमला भए : ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर