सदन चलाउन फेरि आए कोशीका सभामुख गौतम – Nepal Press

सदन चलाउन फेरि आए कोशीका सभामुख गौतम

विराटनगर । कोशी प्रदेशसभाको बैठक पुन: सभामुख बाबुराम गौतमले सञ्चालन गर्न थालेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेर दलका नेताहरूले धारणा राख्न सुरू गरेपछि गौतम उपसभामुख सृजना दनुवारलाई बैठक सञ्चालन गर्न छाडेर एक्कासि निस्किएका थिए ।

नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले बोलिसक्ने वित्तिकै संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सभामुखसँग कानेखुसी गरेपछि गौतमले हाँस्दै सभा सञ्चालनका लागि उपसभामुखलाई आग्रह गरेका थिए ।

बैठकमा सभामुखसहित ९३ जना नै प्रदेश सभा सदस्य सहभागी छन् ।

बैठकमा सभामुखसहित ९३ जना नै सांसद उपस्थित छन् ।

एमाले र राप्रपासँग ४६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना नै सांसद छन् । जसपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *