कोशीमा जसपाले गर्‍यो तटस्थ बस्ने निर्णय – Nepal Press

कोशीमा जसपाले गर्‍यो तटस्थ बस्ने निर्णय

विराटनगर । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) तटस्थ बस्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने तयारी गरिरहेको बेला जसपा तटस्थ बस्ने निर्णय गरेको प्रदेश अध्यक्ष दीपक याक्खाले बताए । जसपाको संसदमा एक सीट छ ।

प्रदेशको नामाकरण जालझेलपूर्ण तरिकाले कोशी राख्ने र त्यसविरुद्ध पहिचान पक्षधर न्यायप्रमी जनताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि समेत बर्बर दमन गर्ने एमाले नेतृत्वको सरकारलाई हामीले दिएको समर्थन जेठ १६ गते नै फिर्ता लिइसकेका छौं विज्ञप्तिमा भनिएको छ ।

पहिचानलाई सम्बोधन गरेर पुनः प्रदेशको नामाकरण गर्नेबारे बलियो राजनीतिक आधार निर्माण नभएसम्म तटस्थ बस्ने उनको भनाइ छ ।

यहाँ एमालेको ४०, कांग्रेसको २९, माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर