११ प्रतिशत रुसी नागरिक आणविक हतियार प्रयोगको पक्षमा : सर्वे – Nepal Press

११ प्रतिशत रुसी नागरिक आणविक हतियार प्रयोगको पक्षमा : सर्वे

काठमाडौं । रुसका बहुसङ्ख्यक नागरिकहरू आणविक हतियार प्रयोगको विपक्षमा भएको पाइएको छ ।

रुसको आरटीभिआई र रुसको फिल्ड पुलिङ एजेन्सीले गरेको एक सर्वेक्षण अनुसार रुसका ११ प्रतिशत नागरिक मात्रै आणविक हतियारको प्रयोगको पक्षमा भएको देखाएको छ ।

बुधवार सार्वजनिक भएको सर्वे अनुसार ७४ प्रतिशत रुसीले आणविक हतियार प्रयोगको विपक्षमा मत दिएका थिए । यस्तै ६४ प्रतिशत रुसीले युद्ध मैदानमा रहेको रुसी सैनिकलाई सहयोग गर्ने मत जाहेर गरेको पनि सर्वेले उल्लेख गरेको छ ।

केहि दिन अगाडि रुसी सरकारी विश्व च्यानल आरटीमा प्राध्यापक सेर्गी कारागानोभले रुसले पश्चिम युरोपमा आणविक हतियार प्रहार गर्नुपर्ने तर्क गरेका थिए ।

रुसको वैदेशिक तथा रक्षा विभाग परिषद्का मानार्थ अध्यक्ष समेत रहेका प्राध्यापकको यस्तो भनाइ आएको भोलिपल्टै बहुसङ्ख्यक रुसी नागरिकहरू आणविक हतियार प्रयोगको विपक्षमा भएको मत आएको छ ।

उक्त मत पनि आरटीले नै उल्लेख गरेको छ । गत जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको अस्तित्वकै संकटको समय आएमा आणविक हतियार प्रयोग हुने बताएका थिए ।

पुटिनले आणविक हतियारै प्रयोग हुँदा सामान्य असर गर्ने प्रयोग नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर