१० वर्षमा धान बाली उत्पादनमा सामान्य वृद्धि – Nepal Press

१० वर्षमा धान बाली उत्पादनमा सामान्य वृद्धि

काठमाडौं । विगत दश वर्षमा समग्र देशको धानबाली उत्पादन सामान्य रूपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/०८० को अर्ध-वार्षिक विवरण अनुसार देशको समग्रमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिएको छ ।

प्रतिवेदन अनुसार ०७९ पुस मसान्तसम्म देशको खाद्य तथा अन्य बालीको उत्पादन ५.७ प्रतिशतले बढेको छ । गत वर्ष भने उत्पादन ०.४ प्रतिशतले घटेको थियो ।

समग्र कृषि बालीको उत्पादनमा धान बालीको उत्पादन हिस्सा सबैभन्दा बढी २६.८ प्रतिशत रहेको छ । यसैगरी समग्र कृषि उत्पादनमा मकैको १५.६ प्रतिशत र धान बालीको १०.२ प्रतिशत उत्पादन रहेको छ ।

सिँचाइको लागि आकासे पानीमा भर पर्नु तथा आधुनिक कृषि खेती तथा उन्नत बीउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्य रूपमा वृद्धि हुन नसकेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर