रूपन्देहीमा थपियो अर्को पाँचतारे होटल – Nepal Press

रूपन्देहीमा थपियो अर्को पाँचतारे होटल

रूपन्देही । रूपन्देहीमा अर्को पाँचतारे होटल थपिएको छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको छ ।

समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा’ आजदेखि संचालनमा आएको हो।विलासाले पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक पर्यटक केन्द्रित सिद्धार्थ विलासा सञ्चालनमा ल्याएको बताएको छ ।

होटलका अध्यक्ष चिन्तामणी न्यौपानेले कटेज रेष्टुरेन्ट, तीन तारे र चारतारे स्तरको होटल संचालन गर्दैआएकोमा आजदेखि पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको बताए ।

साढे दुई अर्ब रुपैयाँ लागतमा ४ बिघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा रहेका छन् ।होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले क्यासिनोसहित सेवा सुरु भएसँगै होटलले आउँदो असोजमा ग्राण्डओपनिङ गर्ने बताए ।

‘जुनसुकै स्तरको होटल भएपनि हाम्रो पहिलो प्राथमिकता भनेको आन्तरिक पर्यटक नै हो। यो लक्जरीयस प्रोपर्टी पनिहामीले सुरुमा नेपाली पर्यटक लक्षित नै तयार पारेका छौँ।’ सिइओ न्यौपानेले भने,’यो हाम्रो पहिलो लक्जरीयस ब्राण्डअन्तर्गतको होटल हो। निकट भविष्यमा थप क्षमता विस्तार गर्दै लानेछौँ।’

क्यासिनोकै लागि मात्र सिद्धार्थ समूहले १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको उनले बताए। उनका अनुसारक्यासिनो संचालनका लागि यतिखेर विभीन्न कम्पनीसँग छलफल भइरहेको छ।

सुइट, प्रेसिडेन्ट रुम समावेश गरिएको होटलमा दुई हजार क्षमताको बलरुम तयार, १८ हजार वर्गफिटको बैंक्विट हल, अन्तर्राष्ट्रियस्तरको कन्फ्रेन्स हल, स्विमीङ पुल, फिटनेस क्लब लगायत विभीन्न सुविधा राखिएको उनले जानकारीदिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *