देशमा पूँजीपतिहरू मात्रै फस्टाइरहेका छन् : धर्मेन्द्र बास्तोला – Nepal Press

देशमा पूँजीपतिहरू मात्रै फस्टाइरहेका छन् : धर्मेन्द्र बास्तोला

सुर्खेत। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले पूँजीपतिहरू मात्रै देशमा फस्टाइरहेको बताएका छन् ।

बिहीबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृत्ति मौलाएको बताए ।

देशमा ठुलो सङ्कट आएको भन्दै उनले कारक दलाल पूँजीवादी‌ सत्ता भएको भनाइ राखे । साथै, संसदीय व्यवस्थाले देशलाई भ्रष्टाचारमा‌ डुबाएको उनले आरोप लगाए ।

उनले भने, ‘संसदीय व्यवस्था स्थापना भएपछि उद्योग कलकारखाना बन्द भएको र विभिन्न भ्रष्टाचारका काण्डहरू घटेको छ । लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको छ । यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति छ ।’

ललिता निवास प्रकरणमा एमालेका ठुला नेता जोडिएको उनले भने । सरकारमा रहेका मन्त्रीहरू पनि तमाम भ्रष्टाचारका विषयमा जोडिएको उनले बताए ।

यस्तै, दलाल पुँजीवादी‌ संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने उनको भनाइ छ । यसले गर्दा देश उँभो लाग्ने नसक्ने धारणा राखे ।

दलाल पुँजीवादी‌ संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएकोले यो व्यवस्थालाई बदल्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकता हुन थालेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर