प्रदीप ज्ञवालीको टिप्पणी- समाजवादी मोर्चाको औचित्य छैन – Nepal Press

प्रदीप ज्ञवालीको टिप्पणी- समाजवादी मोर्चाको औचित्य छैन

कैलाली । नेकपा एमालेका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले समाजवादी मोर्चाको औचित्य नरहेको बताएका छन् ।

धनगढीमा जनसङ्गठन समन्वय संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै ज्ञवालीले माधव कुमार नेपालले आफ्नो औचित्य बचाउन समाजवादी मोर्चा तर्फ केन्द्रित भएको बताएका हुन् ।

‘नेकपा एकीकृत समाजवादीका सांसदहरू अब त्यहाँ नरहने खतरा उहाँले देख्नु भयो त्यहि भएर ती सांसद र नेतालाई बचाउन समाजवादी मोर्चा तिर लाग्नु भएको हो’, उनले भने, ‘अब समाजवादी मोर्चाको पनि औचित्य छैन ।’

जनताका समस्याहरूका बिषयमा भन्दा पनि सत्ता बचाउने ढंगले मोर्चा तयार गरिएको बताउँदै उनले अब धेरै समय मोर्चा पनि नरहने जिकिर गरे । उनले एमालेमाथि चौतर्फी घेराबन्दी भएको बताउँदै एमालेले देशका हितमा धेरै काम गरेको र राष्ट्रियता जोगाएको बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले अहिलेको सत्ता गठबन्धनको सरकारले जन विरोधी कामहरूलाई मात्रै निरन्तरता दिइरहेको बताए । उनले ती जन विरोधी कामहरूबारे एमालेका जनसङ्गठनहरूले विरोध गर्न र जनताको पक्षमा काम गर्न समेत निर्देशन दिएका थिए ।

सुदूरपश्चिम जनसङ्गठन समन्वय संयन्त्र प्रमुख झपट रावलले भेलामा समसामयिक प्रस्ताव पेश गरेका थिए ।

उनले कैलालीको गेटमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरी सुदूरपश्चिम प्रदेशवासीको आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति सहितको स्वास्थ्य सेवा पाउने पाउने अधिकार प्रत्याभूत गर्न सरकारसँग माग गरे ।

बाढी र पहिरोबाट क्षति हुन नदिन पूर्व तयारी गर्न, किसानलाई आवश्यक मल खादको आपुर्ति गर्न सुदूरपश्चिम प्रदेश सरकारको बजेट संशोधन गर्न, डोटी र बाजुरामा गएको भूकम्पबाट पीडित भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, दलित, भूमिहीन, अव्यवस्थित बसोबासी, मुक्त कमैया, मुक्त हलिया, मुक्त कम्लरी लगायतको बसोबास र पुनः स्थापनाको व्यवस्था गर्न समेत रावलले माग गरे ।

त्यस्तै, भ्रष्टाचार र महँगी नियन्त्रण गर्न, तोकिएकै स्थानमा सुदूरपश्चिम प्रदेशको राजधानी तयार गर्न र लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि फिर्ता गर्न पहल गर्ने संघीय सरकारसँग माग गर्ने प्रस्ताव पारित गरिएको थियो ।

बैंकमा प्रेस चौतारी नेपाल अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा सङ्घ नेपाल लगायतले प्रदेश स्तरीय प्रतिवेदन पेश गरेका थिए । भेलामा जिल्ला स्तरीय प्रतिवेदन जनसङ्गठन समन्वय प्रमुखले पेस गरेका थिए ।

 


प्रतिक्रिया

One thought on “प्रदीप ज्ञवालीको टिप्पणी- समाजवादी मोर्चाको औचित्य छैन

  1. औचित्य सकियेको त तिम्रो पनि नि बाजे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर