४४ वर्षको जेल सजाय तोकिएका थोकर १२ वर्षपछि पक्राउ – Nepal Press

४४ वर्षको जेल सजाय तोकिएका थोकर १२ वर्षपछि पक्राउ

काठमाडौं । मकवानपुरको साविक छतिवन गाविस- ९ दोभानमा १२ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्या घटनामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सूर्य थोकरलाई पक्राउ गरेको हो । थोकरसहितको समूहले ठूलीकान्छी वललाई बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । दुई वर्षअघि मात्र मकवानपुर जिल्ला अदालतले थोकरलाई ४४ वर्ष जेल सजाय सुनाएको थियो । घटनाका बेला सूर्य २१ वर्षका थिए ।

अदालतले सूर्यलाई ज्यान मारेकोतर्फ २० वर्ष, ज्यान मार्ने षड्यन्त्र गरेबापत १२ वर्ष, जबरजस्ती करणीतर्फ ७ वर्ष र सामूहिक जबरजस्ती करणीतर्फ ५ वर्ष सजाय सुनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर