लुम्बिनी सरकारले फेर्यो दुई मन्त्रालयका नाम – Nepal Press

लुम्बिनी सरकारले फेर्यो दुई मन्त्रालयका नाम

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले बुधवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको जानकारी दिए ।

बैठकले आर्थिक वर्ष २०७८÷७९को सशर्त अनुदानतर्फको दायित्व भुक्तानीको स्वीकृत गर्दै निर्देशनालयको व्यवस्थापनको लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तरगत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका,सेवाको प्रभावकारिता र आबश्यकताको अध्ययन गरी प्रभावकारी कार्य मपादन र कर्मचारीको वृति विकासको पक्षसमेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिनाभित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन, लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम)को स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

केही दिनअघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जनालाई र बर्दियामा एक वर्ष अघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुको परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *