आधार दरमा २ प्रतिशतभन्दा बढी जोडेर ब्याज लिए हामीलाई भन्नुस् : राष्ट्र बैंक – Nepal Press

आधार दरमा २ प्रतिशतभन्दा बढी जोडेर ब्याज लिए हामीलाई भन्नुस् : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिए कडाइ गर्ने भएको छ ।

२ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी उत्पादनमा आधारित उद्योग, हस्तकला लगायत व्यवसाय सञ्चालनका लागि आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था छ ।

तर कतिपयले बढी ब्याज लिएर ऋण प्रवाह गरेको गुनासो आएपछि केन्द्रीय बैंकले सूचना नै जारी गरेर सचेत गराएको छ ।

२०७९ साउन १८ देखि लागू भएको यो निर्देशन विपरीत कसैले पनि बढी ब्याज लिएको पाइए केन्द्रीय बैंकलाई जानकारी गराउन भनेको हो ।

त्यस्तै, ऋणीलाई ऋण लिदाको र्शतअनुसार भए नभएको पनि जानकारी राख्न केन्द्रीय बैंकले आग्रह गरेको छ । कुनैपनि ग्राहकको अनुमति बेगर शुल्क लिएको पाइए त्यसमा १० प्रतिशत जरिवाना थप गरेर सम्बन्धित बैंकले ग्राहकको खातामा जम्मा गर्नुपर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर