खोटाङमा हेडसर कुट्ने पूर्ववडाध्यक्ष पक्राउ – Nepal Press

खोटाङमा हेडसर कुट्ने पूर्ववडाध्यक्ष पक्राउ

खोटाङ । खोटाङमा प्रधानाध्यापकमाथि हातपात गर्ने एक पूर्ववडाध्यक्ष पक्राउ परेका छन् ।

ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर-२ बाकाचोलको बौद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर दाहाललाई विद्यालय हाताभित्र हातपात गर्ने सोही ठाउँका ४८ वर्षीय सन्तवीर तामाङ पक्राउ परेका हुन् ।

दाहालले आफ्नो मान्छेलाई शिक्षक नियुक्ति गरेको भन्दै कुटपिट गरेको बताइएको छ ।

पीडित प्रधानाध्यापकले जाहेरी दिएलगत्तै तामाङलाई पक्राउ गरिएको डीएसपी मञ्जिल मुकारुङले बताए । मुकारुङका अनुसार उनलाई अभद्र व्यबहारसम्बन्धी मुद्दा दर्ताको प्रक्रिया सुरू गरिएको छ ।

प्रधानाध्यापक दाहालले भने आफ्नो मान्छे नभई गाउँपालिकाको कार्यपालिकालिकाको निर्णयअनुसार शिक्षक नियुक्ति गरिएको बताए । राहतदरबन्दी कोटामा कुमार तामाङलाई नियुक्ति गरिएको थियो ।

‘पालिकाले विस्थापित शिक्षकलाई स्थापित गर्नू भनेपछि उनलाई पुन: विज्ञापन खुलाएरै शिक्षकको नियुक्ति दिइएको हो’, दाहालको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर