कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध – Nepal Press

कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध

सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबारको कर्णाली प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै सुधार नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले गत असार १ मा संसदमा पेस गरेको बजेटमाथिको सुधार नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन् ।

सचेतक पछाईले भने, ‘बजेट निर्माणको समयमा कसैको दबाबमा पर्दिन भन्नू भएको थियो । तर, उहाँले बजेट निर्माणका क्रममा मुख्यमन्त्री र योजना आयोगबाट दबाब आयो भनेर पत्रकार सम्मेलन गर्नुभयो । तर, सदनमा आएन कुनै दबाब र धम्की आएको छैन भन्नू भएको छ । मुख्यमन्त्री र योजना आयोगबाट तपाईंलाई कस्तो दबाब आयो संसदमा एमाले जवाफ चाहन्छ ।’

साथै, दबाब दिने योजना आयोगका कर्मचारीलाई कार्वाही गरिएको भन्ने छ यि कुनै कुराको तालमेल नमिलेको सचेतक पछाईले बताए । ‘योजना आयोगका कर्मचारी को हुन् ? तिनले के दबाब दिएका हुन् ? संसदमा जवाफ चाहियो’, सचेतक पछाईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर