ललिता निवास प्रकरणमा पक्राउ परेकालाई म्याद थप गर्ने तयारी, मीनबहादुरसहित ३ जनालाई अस्पतालबाटै लगियो – Nepal Press

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई म्याद थप गर्ने तयारी, मीनबहादुरसहित ३ जनालाई अस्पतालबाटै लगियो

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न म्याद थप गर्ने तयारी गरिएको छ । पक्राउ परेका मीनबहादुर गुरुङसहित चारै जनालाई म्याद थपका लागि अदालत लगिएको छ ।

गुरुङसहित ३ जनालाई मंगलवार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनीहरुलाई अस्तालबाटै म्याद थपका लागि अदालत लगिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मङ्गलवार ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये तीन जनाले अदालतबाट अगाडि नै स्टे अर्डर लिएकाले उनीहरूलाई छाडिएको छ ।

२०४७ पछिको चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको सीआईबीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर