बुटवलमा विजुलीकाे तारमा लागेको आगो निभाइयो – Nepal Press

बुटवलमा विजुलीकाे तारमा लागेको आगो निभाइयो

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं १० योगिकुटी चोकमा अव्यवस्थित तारका कारण आगलागी भएको छ । योगीकुटीचोकस्थित शिवशिखर सहकारी संस्था अगाडि रहेको भवनमा भएको आगलागीले स्थानीयलाई त्रसिद बनाएको छ ।

उज्यालोको समयमा भएकाले सबैको प्रयासमा आगलागी नियन्त्रण्ममा आएपनि अँध्यारोको समयमा लहरै जोडिएका अन्य घरहरुमासमेत आगलागीले ठूलो जोखिम ल्याउनसक्ने स्थानीय खिमानन्द भट्टराईले बताए ।

पोलहरुमा रहेका असरल्ल तारहरुका कारण बजार क्षेत्र कुरुप मात्रै बनेको छैन जाखिम पनि उस्तै बढाएको यो घटनाले प्रमाणित गरेको उनको भनाइ छ । पोलहरुमा विद्युत, नेट तथा विभिन्न केबल कम्पनीका तारहरु अव्यवस्थितरुमा रहेका छन् ।

यस्तो अवस्थामा रहेका तारहरु हटाउन बुटवल उपमहानगरले सूचना नै निकालेर निर्देशन दिएपनि सम्बन्धित कम्पनीहरुले अटेर गरेका छन् । उपमहानगरले यसरी अटेर गर्नेहरुको सेवासुविधा नै रोक्नेगरी योजना बनाएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *