यू-१६ क्रिकेट : थाइल्याण्डविरुद्ध नेपाल २२५ रनले विजयी – Nepal Press

यू-१६ क्रिकेट : थाइल्याण्डविरुद्ध नेपाल २२५ रनले विजयी

काठमाडौं । एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २५५ रनले पराजित गरेको छ ।

मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रेको थाइल्याण्ड १३ ओभर २ बलमा अलआउट भयो । उसले ४४ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि सन्तोष यादवले ८ रन खर्चेर ५, अशोक धामीले ४ रन खर्चेर ३ र अविनाश तिवारीले २१ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।

त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा  मलेसिया र थाइल्यन्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *