बजेट पारितमा गठबन्धन दल अझै अनिर्णीत, दुई दलले बोलाए संसदीय दलको बैठक – Nepal Press

बजेट पारितमा गठबन्धन दल अझै अनिर्णीत, दुई दलले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

नेकपा एसले अहिले बिहान १० बजेका लागि बैठक डाँकेको नेता राजेन्द्र पाण्डेले बताए । दलको बैठकबाट नै बजेटको गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ ।

यस्तै जसपाले साढे १० बजे बैठक बोलाएको नेता प्रदीप यादवले बताए ।

उनले दलको बैठकले नै बजेटबाट निर्णय गर्ने बताए । प्रधानमन्त्री पार्टीले उठाएका विषयप्रति लचिलो भएकाले बजेट निर्माणको सवालमा आज आफ्ना कुरा राख्ने उनले बताए ।

दुवै पार्टीका सांसदहरूले बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै
आएका छन् ।

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटका पक्षमा उभिन सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।

नेकपा एस, जसपा र जनमतले भने असन्तुष्टि जनाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर