बागमती प्रदेशसभाको बैठक बस्दै – Nepal Press

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सभा  भवन, हेटौडामा बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मङ्गलवारदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण मंगलवारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अवरोध गरेका थिए ।

आज पुन: सहमति कायम गरेर बैठक बस्न लागेको हो । बैठक अघि सहमति कायम गर्ने प्रयास हुनेछ ।

आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथि आज छलफल हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर