कैलालीमा मोटरसाइकल गोरु गाडामा ठोक्किँदा २ जनाको मृत्यु – Nepal Press

कैलालीमा मोटरसाइकल गोरु गाडामा ठोक्किँदा २ जनाको मृत्यु

कैलाली । कैलालीमा सडक दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१० मा डलबसँग मोटरसाइकल ठोक्किँदा चालक र पछाडि सवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

मृत्यु हुनेमा चालक गौरीगंगा नगरपालिका-९ बस्ने २१ वर्षीय असीम राजवंशी र २७ वर्षीय बिजेन्द्र चौधरी रहेका छन् । उनीहरु सवार से५प ७५७८ नम्बरको मोटरसाइकल घोडाघोडी नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गमा गोरु गाडासँग ठोक्किएको थियो ।

चालक राजवंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल र चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्कर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर