कर्णालीमा मन्त्रालयगत बजेटमाथि छलफलको कार्यसूची सार्वजनिक – Nepal Press

कर्णालीमा मन्त्रालयगत बजेटमाथि छलफलको कार्यसूची सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलका लागि कार्यसूची सार्वजनिक भएको छ । मंगलबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङले कार्यसुची पेश गरेकी हुन् ।

कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

असार १५ र १६ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ ।

असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ ।

यस्तै, असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधीवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुने सभामुख गुरुङ्गले जनाईन् ।

सम्बन्धित मन्त्रालयको छलफलमा उठेका कुराहरुमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा समावेश गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर