पक्राउ गर्नु अघि नै स्टे अर्डर, मालपोतका तीन पूर्व कर्मचारीलाई छाड्ने तयारी – Nepal Press
ललिता निवास प्रकरण

पक्राउ गर्नु अघि नै स्टे अर्डर, मालपोतका तीन पूर्व कर्मचारीलाई छाड्ने तयारी

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मालपोतका तीन पूर्व कर्मचारीले स्टे अर्डर लिएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले उनीहरुलाई छाड्ने तयारी गरेको छ ।

डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भुपेन्द्रमणी केसीले पक्राउ परेपछि स्टे अर्डर देखाएका हुन् ।

आफूहरुलाई पक्राउ नगर्न माग गर्दै यसअघि उनीहरुले अदालतसँग आदेश लिएको खुलेको हो । प्रहरीले यो प्रकरणमा भाटभटेनीका सन्चालक मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई मंगलबार पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर