साफ च्याम्पियनसिप : अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको सान्त्वना जीत – Nepal Press

साफ च्याम्पियनसिप : अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको सान्त्वना जीत

काठमाडौं । भारतमा जारी साफ च्याम्पयिनशिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको छ ।

नेपालको जीतमा ८०औँ मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् । उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।

उनी दोस्रो हाफको सुरुवातमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलाे चरणबाटै बाहिरिने पक्का भएको थियाे ।

पहिलाे खेलमा कुवेतसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *