मन्त्रीहरू संसद र समितिका बैठकबाट तर्किन थाले : अध्यक्ष तिमिल्सिना – Nepal Press

मन्त्रीहरू संसद र समितिका बैठकबाट तर्किन थाले : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद र समितिका बैठकबाट तर्किने गरेको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस्
भनेर तर्किने गरेको गुनासो गरे । समितिले दिएका निर्देशन सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरूमा बढी हाबी हुने गरेको उनकव टिप्पणी छ ।

संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको अध्यक्ष तिमिल्सिनाले बताए ।

उनले भने, ‘निर्देशन कार्यान्वय गर्नेहरू अर्कोतिर तर्काएर भाग्न खोज्छन्, त्यो कुरालाई ख्याल गर्नुपर्छ । सकभर समितिले निर्देशन नदिओस्, समितिमा सकेसम्म जानु नपरोस्, त्यहाँ गएर समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्नु नपरोस्, भन्ने खालको अथवा सिंगो हाउसको भन्दा त्यही व्यक्ति म सांसद हुँ, म अध्यक्ष हुन्छु, यसको गरिमाको बारेमा म बोल्छु, तर मै मन्त्री, प्रधानमन्त्री भएँ भने म गर्दिन । समितिमा, संसदमा अरु काम छोडेर यहाँ आउँ भन्ने उत्सुकता, जागरुकता कम देखेको छु मन्त्रीहरूमा ।’

अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसदलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर