२५ ग्राम ब्राउन सुगरसहित हेटौँडाबाट तीनजना पक्राउ – Nepal Press

२५ ग्राम ब्राउन सुगरसहित हेटौँडाबाट तीनजना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ बाट २५ ग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको हो ।

हेटौँडा ८ मा रहेको नमुना टोलमा खैरो हिरोईन विक्रि भैरहेको सूचना प्राप्त भएपछि सर्च अभियानको क्रममा खैरो हिरोइन सहित हेटौँडा ८ का ३१ वर्षीय विशाल राउत, १९ वर्षका सुमित वाईवा र हेटौँडा १० का विमल मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ गरिएकाहरुको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर