बजेटको गोपनीयता भंग गरेको भन्दै गण्डकी प्रदेशसभामा एमाले र राप्रपाको अवरोध – Nepal Press

बजेटको गोपनीयता भंग गरेको भन्दै गण्डकी प्रदेशसभामा एमाले र राप्रपाको अवरोध

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र प्रतिपक्षी राप्रपाले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै एमाले र राप्रपाले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो ।

सामाजिक सञ्जालमा सत्ता गठबन्धनका कार्यकर्ताले जे राखेका थिए, वार्षिक विकास कार्यक्रममा त्यहीअनुसार बजेट आएको भन्दै अवरोध गरेका हुन् ।

सांसदहरुले वार्षिक विकास कार्यक्रम पुस्तिका असार ८ गते पाएका थिए । असार ६ गते नै सत्ता गठबन्धनका कार्यकर्ताले योजना र बजेट अंक सामाजिक सञ्जालमा पोष्ट गरेको उक्त वार्षिक विकास कार्यक्रम पुस्तिकामा रहेको भन्दै एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सभामा विरोध जनाएका थिए ।

प्रदेशसभा ३० मिनेटका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर