पर्यटनमन्त्रीले सोधे प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण, जवाफ नदिने अधिकारीको अडान – Nepal Press

पर्यटनमन्त्रीले सोधे प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण, जवाफ नदिने अधिकारीको अडान

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिनको अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्त दिनेजस्ता कार्य गरेकोजस्ता आरोप लगाइएको छ ।

अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ ।

यसैबीच प्राधिकरणका महानिर्देशक अधिकारीले फेसबुकमा राखेकव स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘गोप्य रहनुपर्ने स्पष्टीकरण नै छातछुल्ल पारियो । विधि, प्रक्रिया हुन्छ । स्पष्टीकरणजस्तो कुरा पनि फेसबुकबाट सार्वजनिक भएको छ । म बुझाउँदिन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर