ऋण नतिर्ने बहानामा बैकिङ सेवा अवरुद्ध गर्नेलाई कारबाही गर्न माग – Nepal Press

ऋण नतिर्ने बहानामा बैकिङ सेवा अवरुद्ध गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । ऋण नतिर्न बैंकिङ सेवा अवरुद्ध गर्न खोज्नेलाई कारवाही गर्न माग गर्दै बैंक तथा वित्तीय संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका हुन् ।

‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति–सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गर्न सरोकारवाला सबै निकायहरुसँग अनुरोध गर्दछौं ।’

पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गर्दै कर्मचारीहरुलाई धम्क्याएका छन् ।

साथै, ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा संघहरुले निन्दा गरेका छन् । उनीहरुले सुरक्षा निकायलाई यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी–ग्राहकको सुरक्षाको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर