बजेटको पक्षमा उभिन कांग्रेसद्वारा ह्वीप जारी – Nepal Press

बजेटको पक्षमा उभिन कांग्रेसद्वारा ह्वीप जारी

काठमाडौं । सत्ता गठबन्धन घटक नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बजेट निर्णयार्थ पेश हुने बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नरहन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

भोलि बिहान ११ बजे बस्ने सदनमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी छ । बजेटमा सत्तारुढ मन्त्री तथा सांसदहरूले नै असन्तुष्टि जनाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर