राष्ट्रपतिको लुकाइएको स्वास्थ्य र विद्या भण्डारीविरुद्ध पेशेवर निन्दकले छर्न खोजेका भ्रम – Nepal Press

राष्ट्रपतिको लुकाइएको स्वास्थ्य र विद्या भण्डारीविरुद्ध पेशेवर निन्दकले छर्न खोजेका भ्रम

नेपालको राष्ट्रपति ७९ वर्षीय रामचन्द्र पौडेल छन् । अहिले उनको स्वास्थ्य अवस्था राम्रो छैन् । उनी राष्ट्रपति भएयता पाँच पटक अस्पताल भर्ना भएका छन् । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको छ  । पौडेल गत साल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । पहिलोपल्ट पेट दुःखेर चैत १८ मा शिक्षण अस्पताल भर्ना भएका उनी २२ गते डिस्चार्ज भएका थिए  । त्यतिबेलाको परीक्षणमा उनको छातीमा पानी जमेको देखिएको थियो ।

वैशाख ४ गते दोस्रो पटक छातीमै संक्रमण भएर उनी शिक्षण अस्पताल पुगेका थिए । परीक्षण गर्दा छातीमा जमेको पानी नहटेकाले ५ गते पुनः अस्पताल भर्ना गरिएको थियो । उनको छातीको तल्लो भागबाट भिडियो एक्सरेको सहायताले पानी निकालिएको थियो । छातीमा जमेको पानीको संक्रमण कम नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाएका थिए ।

वैशाख ६ गते एयर एम्बुलेन्सबाट थप उपचारका लागि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनलाई भर्ना गरिएको थियो । १० दिनको अस्पताल बसाइपछि वैशाख १७ गते उनी स्वेदश फर्केका थिए । छातीको संक्रमण ठीक भए पनि उनका पछिल्लो पटक मुटुमा समस्या देखिएको छ ।

स्वास्थ्य अवस्थाकै कारण वैशाख तेस्रो साता बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा उनी उपस्थित हुन सकेनन् । भारतबाट उपचार गराएर फर्किएपछि राष्ट्रपति पौडेल जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए । त्यहाँ पनि उनलाई सहयोगीको आवश्यकता परेको थियो ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले जे काम गर्दा पनि नियमित गाली गर्ने, भण्डारी बिरामी भएर उपचार गर्दासमेत ‘बिरामीहरुलाई थन्काउने, रिटाएर्ड लाइफ बिताउने ठाउँ शीतलनिवास होइन’ भनेर कालो न कालो अनुहार लगाउँदै क्रोधित मुद्रामा प्रस्तुत हुने गगन थापा मार्काका तथाकथित बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा भनिनेहरु अहिले कता छन् ?

रामचन्द्र पौडेल राष्ट्रपति भएयता ३ महिनाको बीचमा अस्पताल भर्ना भएको श्रृङ्खलाः

  • चैत्र २२ : शिक्षण अस्पताल
  • वैशाख ५ : शिक्षण अस्पताल
  • वैशाख ६ : भारत (एम्स)
  • जेठ ३ : गंगालाल
  • असार २ : मनमोहन कार्डियोथोरासिक

निवर्तमान राष्ट्रपतिलाइ गाली गर्ने ‘पेसेवरहरु’ कता भए गायब ?

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले जे काम गर्दा पनि नियमित गाली गर्ने, भण्डारी बिरामी भएर उपचार गर्दासमेत ‘बिरामीहरुलाई थन्काउने, रिटाएर्ड लाइफ बिताउने ठाउँ शीतलनिवास होइन’ भनेर कालो न कालो अनुहार लगाउँदै क्रोधित मुद्रामा प्रस्तुत हुने गगन थापा मार्काका तथाकथित बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा भनिनेहरु अहिले कता छन् ?

निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई केसम्म गरेनन् ?

  • विद्या भण्डारी २०७२ मा पहिलोपटक राष्ट्रपति भइन् । उनी राष्ट्रपति निर्वाचित भएर जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्न गइन् । उनले मन्दिर दर्शन गरेर निस्केपछि विधवाले मन्दिर दर्शन गरेर अपवित्र भयो भन्दै आफूलाई नागरिक अगुवा भन्नेहरु, आफूलाई नेताको दर्जा दिनेहरुलगायत झाडु लिएर मन्दिर सफा गर्नसमेत गरेका थिए ।
  • ग्रामीण भेगका महिलाहरु सुत्केरी हुन नसकेर धेरैको अकालमा ज्यान गएको देखेर, गर्भवती महिलाहरुको उद्धारको लागि राज्यले हेलिकप्टर खरिद गर्दा विद्या भण्डारीले नै चढ्न किनेको भनेर हौवा फिजाइयो । सरकारले कार्यविधि नै बनाएर दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार गर्न हेलिकोप्टर प्रयोग गर्न सरकारका अर्थमन्त्री विष्णु पौडेलमार्फत बजेटमै व्यवस्था गरेर प्रसुति व्यथाका कारण जीवन गुमाउने अवस्था भएका ग्रामीण महिलाको तत्कालै हेलिकोप्टरबाट उद्धार गर्न ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अघि बढाउँदा पनि बाह्रमासे पेशेवर जमातले विरोध गरेको थियो । यही कार्यक्रमका कारण विद्या भण्डारीको कार्यकालमा सयौं होइन हजारभन्दा माथि प्रशव वेदनाबाट पीडित महिलाको जीवनरक्षा भएको छ ।
  • नेपाली सेनाले विदेशी भीभीआईपीहरुको सवारीका बेला, सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरी प्रयोग गर्न हेलिकोप्टर किन्न लाग्दा विद्या भण्डारीलाई निजी हेलिप्याडसहितको हेलिकोप्टर किन्न लागियो भनेर ठूलै हल्लाखल्ला गरियो । जब सबै कुरा बाहिर आयो तब त प्रोपोगान्डा गर्नेहरु मौन व्रततिर लागे ।

देशको सर्वोच्च पदमा एकजना सक्षम र देशभक्त महिला आसिन हुँदा सबैभन्दा पीडा कथित नागरिक अभियन्तादेखि एलिट (उच्च) वर्गलाई भएको थियो । किनभने महिला राष्ट्रप्रमुख त्यहीमाथि एकल । उनीहरुलाई त्यो कुरा पाच्य नै भएको थिएन ।

  • नेपालीहरुको महान चाड विजया दशमी (दशैं)मा आफन्तजन, इष्टमित्र, शुभचिन्तक आदिलाई टीका लगाइदिँदा ट्रोल नै बनाइयो । त्योभन्दा पहिले पनि राष्ट्र प्रमुखले आमजनतालाई टीका लगाइदिने प्रचलन थियो ।
  • राष्ट्रपति महिला उद्यमी कार्यक्रम ल्याउँदा आफ्नालाई पोस्न भनियो । तर, ५-१५ लाखसम्म बैंकको सहुलियत कर्जा लिएर व्यवसाय गर्ने महिलाहरुको संख्या बढेपछि त्यसरी प्रोपोगान्डा गर्नेहरु मौन भए । अहिले काठमाडौंलगायतका धेरै पसलहरु महिलाको नाममा दर्ता छ । पसलमा को बस्छ, त्यो गौण कुरा भयो ।
  • हिजोका दिनमा विद्या भण्डारी एमालेको रबर स्ट्याम्प भइन्, कार्यकर्ता तहभन्दा माथि उठिनन्, पदको गरिमा राख्न सकिनन् भनेर चाहिने भन्दा बढी आलोचना गरियो । नेपालको संविधानअनुसार राष्ट्रपति कार्यकारी होइन, संवैधानिक हो । मन्त्रिपरिषद्ले जे निर्णय गर्छ, त्यसलाई सदर गर्नु राष्ट्रपतिको दायित्व हो । तत्कालीन प्रम केपी ओलीले लगेका अध्यादेशमात्र होइन शेरबहादुर देउवाले लगेका अध्यादेशहरु सदर गरेको होइन र ? जस्तोः पार्टी विभाजन गर्न संविधानतः केन्द्रीय कमिटी र संसदको ४० प्रतिशत संख्या चाहिनेमा, २० प्रतिशतभन्दा पनि तलको संख्या राखेर अध्यादेश प्रमाणीकरण गरेको होइन र ? एमाले विभाजन गरेको भोलिपल्ट नै उक्त अध्यादेश निष्क्रिय पारेको होइन र ?
  • यसबाट के देखिन्छ भने जुन जुन विषयलाई लिएर राष्ट्रपतिको रुपमा विद्या भण्डारीको आलोचना, विरोध र चरित्रहत्या गरियो । त्यो चिज लिएर रामचन्द्र पौडेलको हकमा हुँदैन । किनकि विद्या भण्डारी एकल महिला हुनु र त्यसमा पनि एमाले हुनुको थप यातना थियो त्यो । जुन चिज रामचन्द्रको हकमा उठाउनुपर्ने छैन । नेपाली समाजको चरित्रअनुसार विद्या भण्डारीले झेल्नुपरेका यस्ता व्यवहार रामचन्द्रमाथि हुने छैनन् । किनभने रामचन्द्र पुरुष हुन्, त्यहीमाथि डेमोक्र्याट ।
  • देशको सर्वोच्च पदमा एकजना सक्षम र देशभक्त महिला आसिन हुँदा सबैभन्दा पीडा कथित नागरिक अभियन्तादेखि एलिट (उच्च) वर्गलाई भएको थियो । किनभने महिला राष्ट्रप्रमुख त्यहीमाथि एकल । उनीहरुलाई त्यो कुरा पाच्य नै भएको थिएन । सुरुदेखि नै विद्या भण्डारीविरुद्ध संगठित मिसन चलाइएको थियो । किनकि विद्या भण्डारी भूईं तहबाट उठेर आएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण परिवारको महिला भएकाले उनीहरुमा कुण्ठाले बास गरेको थियो । संसारमा आजसम्म पनि कुण्ठाको औषधि बनेको छैन ।

के राष्ट्रपतिले सरकारलाई सुझाव दिनु गलत हो ?

हो, उनले देउवा सरकारले पठाएको नागरिकता विधयेक पहिलोपल्ट अध्ययन गरेर केही सुझावसहित फिर्ता गरेकी थिइन् । जुन संविधानमै व्यवस्था छ । सरकारले पठाएको विधेयक १५ दिनमा प्रमाणीकरण गर्नुपर्ने र राष्ट्रपतिलाई केही कुरामा शंका लागेमा सुझावसहित मन्त्रिपरिषद्मा नै फिर्ता गर्न पाइने/मिल्ने संवैधानिक व्यवस्था छ । तत्कालीन राष्ट्रपतिले सोही बाटो अपनाइन् । किनभने नागरिकता विधयेकमा जति छलफल हुनुपर्ने भएन, देशभर आन्दोलन उठ्दै थियो ।

मृत भैसकेको नागरिकता विधेयक संसदमा छलफल नगरी चोर बाटोबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे । जुन गैरसंवैधानिक थियो । त्यो कुरा अदालतले अन्तरिम अल्पकालीन आदेश दिएबाटै स्पष्ट भयो । खास रबर स्ट्याम्प चै रामचन्द्र पौडेल नै हुन् भन्ने पुष्टि भएन र ?

राष्ट्रपतिले फिर्ता गरेको विधेयक देउवा सरकारले पुनः जस्ताको त्यस्तै, विनासंशोधन पठायो । सरकारले पठाएको विधेयक १५ दिनमा प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो । तर, त्यो ढिला गरेर सरकारले नै राष्ट्रपति कार्यालयमा पठायो । राष्ट्रपतिले प्रमाणीकरण गर्दिनन् भन्ने जान्दाजान्दै राष्ट्रपति कार्यालयमा पुनः नागरिकता विधेयक पठाइयो । १५ दिनको समयसीमा अगावै तत्कालीन संसदको म्याद सकियो । त्यसो हुँदा राष्ट्रपतिले त्यो राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नै परेन । स्वतः निष्क्रिय भयो ।

एउटा संसदले बनाएको ऐन या कानून छ भने अर्को संसदले कार्यान्वयन गर्नुपर्छ । सरकारको नेतृत्व जसले गरे पनि त्यो अविछिन्न उत्तराधिकारवाला निकाय हो । तर, विधेयक पास नभए कानून बन्दैन, कानून नहुँदा नयाँ संसदले बनाउनुपर्छ । अतः मृत भैसकेको नागरिकता विधेयक संसदमा छलफल नगरी चोर बाटोबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे । जुन गैरसंवैधानिक थियो । त्यो कुरा अदालतले अन्तरिम अल्पकालीन आदेश दिएबाटै स्पष्ट भयो । खास रबर स्ट्याम्प चै रामचन्द्र पौडेल नै हुन् भन्ने पुष्टि भएन र ?

तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई बिरामी रेस्ट गर्ने ठाउँ, रिटायर्ड जीवन बिताउने ठाउँ आदि भनेर आलोचना गर्नेहरुलाई अहिले लाज लाग्नुपर्ने होइन र ! ५४ वर्षीयालाई रिटायर्ड लाइफको लागि पठाएको कि ७९ वर्षीयलाई ? अस्वस्थताकै कुरा गर्ने हो भने पनि रामचन्द्र पौडेल राष्ट्रपति भएदेखि बिरामी भएका(भयै छन् । अझ एयर एम्बुलेन्समार्फत भारत लगियो । पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने भयो । सँगै बिरामी कुरुवालाई समेत भत्ता दियो । पौडेलको सचिवालयले सार्वजनिक खपतको लागि उपचार खर्च नलिने भन्यो । तर, सरकारले दिएको पैसा फिर्ता गरेन ।

उनी कति लुब्ध छन् भन्ने कुरा यहीबाटै पुष्टि भएन र ? विद्या भण्डारीले राज्यको ढुकुटी दोहन गरिन्, एमालेको गुट मिलाउन र बिरामीलाई व्यवस्थापन गरियो भन्नेहरु कहाँ छन्, अहिले के भन्छन् ?

अन्त्यमा, महामहिम सम्माननीय राष्ट्रपतिज्यूको शीघ्र स्वास्थ्यलाभको कामना !


प्रतिक्रिया

4 thoughts on “राष्ट्रपतिको लुकाइएको स्वास्थ्य र विद्या भण्डारीविरुद्ध पेशेवर निन्दकले छर्न खोजेका भ्रम

  1. तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई बिरामी रेस्ट गर्ने ठाउँ, रिटायर्ड जीवन बिताउने ठाउँ आदि भनेर आलोचना गर्नेहरुलाई अहिले लाज लाग्नुपर्ने होइन र ! ५४ वर्षीयालाई रिटायर्ड लाइफको लागि पठाएको कि ७९ वर्षीयलाई ? अस्वस्थताकै कुरा गर्ने हो भने पनि रामचन्द्र पौडेल राष्ट्रपति भएदेखि बिरामी भएका-भयै छन् । अझ एयर एम्बुलेन्समार्फत भारत लगियो । पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने भयो । सँगै बिरामी कुरुवालाई समेत भत्ता दियो । पौडेलको सचिवालयले सार्वजनिक खपतको लागि उपचार खर्च नलिने भन्यो । तर, सरकारले दिएको पैसा फिर्ता गरेन ।

    उनी कति लुब्ध छन् भन्ने कुरा यहीबाटै पुष्टि भएन र ? विद्या भण्डारीले राज्यको ढुकुटी दोहन गरिन्, एमालेको गुट मिलाउन र बिरामीलाई व्यवस्थापन गरियो भन्नेहरु कहाँ छन्, अहिले के भन्छन् ?

  2. कम्तीमा लेख लेख्दा स्वतन्त्र नागरिक बनेर लेख्न सुझाव गरें!!

  3. हेलिकोप्टर किन्फा उसैले लिएर जाने झै गरे!त्यो त अहिले सियल निवास म्सिला!,घर बनाउदा त्यसै बिरोद! थुइक्क गतिछाडा डाकाहरु!!

  4. भन्डारीको त कृडास्थल नै थियो त शीतल निवास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *