सातै प्रदेशमा संयोजक र ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोक्ने राप्रपाको निर्णय – Nepal Press

सातै प्रदेशमा संयोजक र ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोक्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको राजनीतिक दस्तावेजका आधारमा नवीन राप्रपाको नयाँ कार्यक्रम अनुमोदन गरेको हो । बैठकले देशभरका ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय पदाधिकारी खटाउने पार्टी जीवनमा पहिलो अभ्यास गर्ने पनि निर्णय गरेको छ ।

यसरी भूगोलमा जिम्मेवारी तोकिएका नेताहरुको समय ६ महिनाको हुने राप्रपाले जनाएकाे छ ।

राप्रपाले अनुमोदन गरेका कार्यक्रमहरुः

१. पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी निर्धारण । ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास प्रारम्भ ।

२. सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था, प्रदेश संयोजकको काम, कर्तव्य र अधिकार निर्धारण ।

३. यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने ।

४. भूगोलमा खटिएर जाने नेताहरुले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत कार्यविधिमा तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी । भूगोल केन्द्रीत नेताहरूको कार्यविधि पारित ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर