लुम्बिनीका १०५ पालिकाले ल्याए बजेट, ४ गाउँपालिकामा किन रोकियो ? – Nepal Press

लुम्बिनीका १०५ पालिकाले ल्याए बजेट, ४ गाउँपालिकामा किन रोकियो ?

रुपन्देही । लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये १०५ पालिकाले निर्धारित समयमै बजेट ल्याएका छन् ।

प्रदेशमा रहेका ७३ गाउँपालिकामध्ये ६९ गाउँपालिकाले समयमै बजेट ल्याएका हुन भने ४ उपमहानगर र ३२ नगरमध्ये एक नगरपालिकाबाहेक सबैले समयमै बजेट ल्याएका छन् ।

रूपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटाले आइतबार बजेट सार्वजनिक गरेका छन् । रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण आइतबार बजेट पेस गर्न सकेनन् । तीनवटै तहमा बजेट बाँडफाँटको विषयमा सहमति नजुटेपछि बजेट पेस हुन नसकेको हो ।

त्यसैगरेर रोल्पाको गंगादेव गाउँपालिका आन्तरिक विवादका कारण बजेट ल्याउन सकेको छैन भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सोमबार बजेट ल्याएको छ । सन्धिखर्कले आन्तरिक तयारी नपुगेर आइतबारको सट्टा सोमबार बजेट ल्याएको जनाएको छ ।

दाङका १०, बाँकेका आठ, पश्चिम नवलपरासीका सात, पाल्पाका १०, कपिलवस्तु, गुल्मी, प्यूठान र रुकुम पूर्वका सबै पालिकाले आइतबार नै बजेट सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर