बागी उठेर ५ हजार मत ल्याएकी खुश्बु ओली राप्रपामै फकिईन् – Nepal Press

बागी उठेर ५ हजार मत ल्याएकी खुश्बु ओली राप्रपामै फकिईन्

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओलीले चुनाव ८ महिनापछि पार्टीमै फर्किएको घोषणा गरेकी छन् ।

सांसद बन्ने लक्ष्यसहित राप्रपामा आबद्ध बनेकी ओलीले झापा ४ मा टिकट दाबी गरेकी थिइन् । तर एमालेसँगको तालमेलमा सो क्षेत्र राप्रपाले नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर ५ हजार १० मत पाएकी थिइन् ।

सो क्षेत्रबाट एमालेका एलपी साँवा लिम्बु विजयी भएका थिए । ओलीले सोमबार वक्तव्य जारी गर्दै अन्य पार्टीबाट अफर आए पनि राष्ट्रको लागि अडिग भएर उभिने भएकाले राप्रपामै फर्किएको बताएकी छन् ।

उनले आफ्नो विद्रोह महिलाको आत्मसम्मान र नविन राप्रपाका लागि थियो भनेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर