स्वास्थ्यमन्त्री बस्नेत भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमका कमीकमजोरी हटाइन्छ – Nepal Press

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमका कमीकमजोरी हटाइन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नवीकरणसमेत नगरेको कारणले समस्या भएको बताए ।

उनले भने, ‘देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजना बनाउने काम भइरहेको छ ।’

स्वास्थ्यमन्त्री बस्नेतले आगामी आर्थिक वर्षमा एक सय वटा आधारभूत अस्पताल निर्माण भइसक्ने उल्लेख गर्दै दुई वर्षसम्म अस्पतालहरुको निर्माण सम्पन्न हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर