प्रेम आलेलाई सुदन किराँतीको जवाफ- जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन (भिडिओ) – Nepal Press

प्रेम आलेलाई सुदन किराँतीको जवाफ- जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले जहाज खरिदमा आफ्नो निजी स्वार्थको लागि नभएको बताएका छन् ।

प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आलेले मन्त्री किराँतीले व्यक्तिगत स्वार्थको लागि कमिसन खाएर जहाज किन्न लागेको आरोप लगाएका थिए ।

त्यसतर्फलक्षित गर्दै उनले भने, ‘नेपाल वायुसेवा निगमले तीनवटा जहाज खरिदको तयारी गरेको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमको विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यकता परे सरकारले सहजिकरण मात्रै गर्छ ।’

उनले पारदर्शी ढंगबाट जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

त्यस्तै, उनले गोठाटारमा भएको जग्गा अनियमिता छानविनको लागि समिति गठन गरिसकेको बताए ।

‘अघिल्लो सरकारको प्रतिवेदनको आधारमा पशुपति विकास कोषको मार्फतमा गोठाटार क्षेत्रमा रहेको ५३५ रोपनी जग्गामध्ये रहेपनि लालपुर्जामा चाहिँ ५०४ रोपनी मात्रै देखिएको छ’, उनले भने, ‘त्यसलाई पशुपति क्षेत्र विकास कोषको नाममा ल्याउने र हराएको ३१ रोपनी जग्गाको एकसाथ खोजी गर्ने भनेर हामीले समिति गठन गरिसकेका छौं । यो जग्गा अतिक्रमण तिव्र भइरहेको छ । यो पशुपतिको मात्रै होइन देशको जग्गा हो । हाम्रो देशको जग्गा अतिक्रमण हुँदा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । त्यसबारे दूधको दूध पानीको पानी सत्यतथ्य बाहिर ल्याउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर