मन्त्री किराँतीको स्वीकार- बजेट असन्तुलित भयो, बाटो छलेर हिँड्नुपर्ने स्थिति छ (भिडिओ) – Nepal Press

मन्त्री किराँतीको स्वीकार- बजेट असन्तुलित भयो, बाटो छलेर हिँड्नुपर्ने स्थिति छ (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले सरकारले ल्याएको बजेट सन्तुलित बनाउन नसकेकोप्रति सदनबाट माफी मागेका छन् । प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले संघीय सरकारबाट पाँच-पाँच लाखको योजना छुट्याउनुपरेको बताए ।

किराँतीले भने, ‘हाम्रो कुरा नीति तथा कार्यक्रममा किताबमा सबै अटाएनन् । अटाएको कुरा पनि बजेटको सीमाको कारणले कार्यक्रममा ढाल्नै सकिएन । सदाको झैं हाम्रो मन्त्रालयको सिलिङ बजेट जिरो थियो । धेरै योजना अटाउनै सकिएन । सबैको चित्त प्रसन्न बनाउनै सकिएन । बाटो छलेर हिँड्नुपर्ने स्थिति छ । स्वाभाविक रूपमा बजेट असन्तुलित हुन गएको छ । त्यसका लागि म क्षमाप्रार्थी छु ।’

बजेटले सुख बाँड्नुपर्नेमा दु:ख बाँडेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर