जहलरीको छानबिनका लागि समिति बनाउन प्रदीप पौडेलको माग (भिडिओ) – Nepal Press

जहलरीको छानबिनका लागि समिति बनाउन प्रदीप पौडेलको माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जहलरी प्रकरणमा सांसदले सदनमा बोलेको कुरा हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै जलहरी प्रकरणलाई संसदले नै ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

उनले भने, ‘भ्रष्टाचार कहीँ पनि हुनुहुँदैन । त्यसमाथि धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु हाम्रो शिर निहुरिएको छ । यो विषयमा तत्कालीन सरकारले जस्तो यो सरकारले पनि निर्णय गर्न पाउने कि नपाउने ? उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन थालेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट भनिएको विषयलाई अख्तियारले किन यति ढिलोगरी छानबिन गर्‍यो ? यसको निर्णय प्रक्रियाको विषयमा विभिन्न विषयहरू जोडिएका छन् ।’

उनले यो गम्भीर विषय छानबिनको लागि समिति बनाउन माग गरे ।


प्रतिक्रिया

One thought on “जहलरीको छानबिनका लागि समिति बनाउन प्रदीप पौडेलको माग (भिडिओ)

  1. तिमी चरित्र ले पनि ठिक होइनौं के अरू कुरा गर्छौ पौडेल बाउको नामको सुकुम्बासी जग्गा खोइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर