जलहरीबारे सत्यतथ्य जानकारी गराउन देवेन्द्र पौडेलको माग (भिडिओ) – Nepal Press

जलहरीबारे सत्यतथ्य जानकारी गराउन देवेन्द्र पौडेलको माग (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा धेरै चर्चा भएको विषय भएकाले सत्य के हो ? सार्वजनिक हुनुपर्ने बताए ।

उनले भने, ‘त्यहाँ भएको के हो ? आज पशुपति विकास कोष, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भविभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुन खोजेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौं । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन ।’

सदनमा गम्भीरतापूर्वक उठेको हुँदा यो विषयमा सत्यतथ्य जानकारी गराउनको लागि सम्बन्धित निकायसँग पौडेलको माग थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर