इनारमा डुबेको मोटर झिक्न पसेका युवकलाई निकाल्न साथी पसे, दुवैले ज्यान गुमाए – Nepal Press

इनारमा डुबेको मोटर झिक्न पसेका युवकलाई निकाल्न साथी पसे, दुवैले ज्यान गुमाए

काठमाडौं। काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार सोमबार बिहान इनारमा झरेको मोटर झिक्न जाने क्रममा दुवै जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा झापाका ३६/३७ वर्षीय दीपेन लिम्बु र सिन्धुलीका २२ वर्षीय दीपेश गुरुङ रहेका छन्।

प्रहरीका अनुसार नजिकैको निर्माणाधीन घरमा रङ लगाउन पुगेका उनीहरू इनारबाट पानी झिक्नेक्रममा मोटर खसेपछि आफै निकाल्न झंगिएका थिए। सुरुमा लिम्बु पसेका थिए।

तर उनी ननिस्किएपछि गुरुङ इनारमा झरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *