बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन भने १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सोमबार चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर