भारतको उडिसामा बस एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु – Nepal Press

भारतको उडिसामा बस एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु

भुवनेश्वर । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ ।

घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर